PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

जिउँदो हुँदा एन्टीबडी नेगेटिभ देखिएका युवकमा मरेपछि कोरोना पोजेटिभ ! कोभिड १९ बाट मर्नेको संख्या पुग्यो ११



पहिलोपोस्ट

जिउँदो हुँदा एन्टीबडी नेगेटिभ देखिएका युवकमा मरेपछि कोरोना पोजेटिभ ! कोभिड १९ बाट मर्नेको संख्या पुग्यो ११

काठमाडौं : बिहीवार राति सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ।

'उहाँको कोरोना पोजेटिभ देखिएको छ,' जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले भने।

१४ दिनसम्म पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को विद्यापुर जनता माविको क्वारेन्टाइनमा बसेर उनी बुधवार घर गएका थिए। घर पुगेको तीन घण्टा नबित्दै उनको मृत्यु भएको थियो।

भारत रोजगारीमा गएका युवक जेठ ७ गते गाउँ फर्किएका थिए। उनलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। बुधवार उनमा कोरोना संक्रमण नदेखिएको रिपोर्ट आएको थियो। आरडीटी प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएपछि हिजो नै घर पठाइएको थियो।

मृत्युपछि पुनः परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो। शव व्यवस्थाको लागि नेपाली सेनाको टोली पुगिसकेको सहायक सिडिओ खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell