PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

जुम्लामा भारतबाट आएका पुरुषको क्वारेन्टाइनमै मृत्यु, हिँड्न नसक्दा बुहारीले बोकेकी थिइन्



पहिलोपोस्ट

जुम्लामा भारतबाट आएका पुरुषको क्वारेन्टाइनमै मृत्यु, हिँड्न नसक्दा बुहारीले बोकेकी थिइन्

काठमाडौं : जुम्लामा एक पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको छ। चन्दननाथ नगरपालिका ८ निवासी अन्दाजी ६५ वर्षीय पुरुषको वडा नम्बर ४ को क्वारेन्टाइनमा निधन भएको हो। उनी जेठ २१ गते नेपालगञ्ज हुँदै भारतबाट आएका थिए।

वडा नम्बर ५ का वडा अध्यक्ष गोल्डेन कठायतले मृत्यु भएका पुरुषको स्वाब लिने काम भइरहेको बताए। मृतकमा दमको समस्या थियो।

स्थानीयका अनुसार भारतबाट जुम्ला आइसकेपछि उनी बाटोमा हिँड्न सकिरहेका थिएनन्। उम्गाट भन्ने ठाउँमा उनी हिँड्न नसेकपछि उनलाई कसैले बोक्न मानेको थिएन। त्यसपछि उनकी बुहारीले बोकेर लगेकी थिइन्।

वडा अध्यक्ष कठायतले बाटोमा मदिरापान गरेको, दुई दिनदेखि खाना पनि नखाएकाले कमजोरी भएको र जाडो मौसम भएको तथा दमको रोगी भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्। यद्यपि, परीक्षण रिपोर्ट आएपछि कोरोना छ वा छैन भन्ने थाहा हुनेछ।

ती पुरुष नेपालगञ्जबाट ९ जनाको समूहमा आएका थिए। उनीहरु सुरुमा वडा नम्बर ५ को क्वारेन्टाइनमा बसेका थिए। २२ गते बिहान वडा नम्बर ४ को क्वारेन्टाइनमा सारिएको थियो उनीहरुलाई।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell