PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान

२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ। आज बिहान ७ बजे २६ जना नेपालीलाई लिएर विमान उडेको हो।

यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ। लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किँदै गरेको यो पहिलो समूह हो।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्। त्यहाँ ठीक हुनेको संख्या आधाभन्दा बढी छ। १ सय ४८ जना संक्रमणमुक्त भइसकेको म्यानमारमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

सबै फोटो : देवेन्द्र नौलखाको फेसबुकबाट।



ट्रेन्डिङ पोस्ट

Ncell