
काठमाडौं: कोभिड १९ भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका लक्ष्मण ऐरले स्वर्णपदक हात पारेका छन्।
२० भन्दा वढि देशका खेलाडीहरु सहभागि रहेको प्रतियोगितामा नेपालबाट ६ जना खेलाडीले सहभागिता जनाएका थिए। जसमध्ये ५० वर्षमुनीको उमेर समूहमा मास्टर लक्ष्मण वहादुर ऐर स्वर्ण पदक तथा ४० वर्ष मुनिको विधामा रेखामाया गुरुङ कास्य पदक जित्न सफल भएका छन्।
स्वर्ण पदक विजेता ऐर नेपाल पुलिसका तेक्वान्दो प्रशिक्षक पनि हुन्। यसभन्दा अघि नेपाली खेलाडीहरुले अनलाइन पुम्से प्रतियोगितामा सहभागिता जनाउँदा ऐरले समन्वय गरेका थिए।
‘पहिलाको अनलाइन प्रतियोगिता र यो प्रतियोगितामा फरक छ। पहिला भिडियो रेकर्ड गरेर पठाउने गरेका थियौं,’ ऐरले भने, ‘यसमा भने उताबाट आफ्नो समय आएपछि लाइभ पुम्से देखाउनु पर्ने थियो।’
त्यस्तै यू २० का वर्षमुनीको समूहमा सुस्मिता केसी र दावा शेर्पाको खेल हुन बाँकी छ।
नेपालबाट यू ५० मा लक्ष्मणबहादुर ऐर, यू ४० मा आशिष चन्द र रेखमाया गुरुङ, यू ३० मा विवेक राई र यू २० मा सुस्मिता केसी र दावा शेर्पाले सहभागिता जनाएका थिए।
अमेरिकाको पोर्टल्याण्ड राज्यमा ४ जुन २०२० राति नेपाली समय अनुसार ११ बजे भएको लाइभ अनलाइन भएको प्रतिस्पर्धा भएको थियो।