PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

विश्वमा कोरोना संक्रमित ६६ लाख पार हुँदा ब्राजिलमा कट्यो ६ लाख



पहिलोपोस्ट

विश्वमा कोरोना संक्रमित ६६ लाख पार हुँदा ब्राजिलमा कट्यो ६ लाख

विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार विश्वभर ६६ लाख ३५ हजार ४ जना संक्रमित पुगेका छन्। विश्वभर यही संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ४ लाख नजिकै पुगेको छ। ९ बजेसम्मको तथ्याङ्क अनुसार ३ लाख ९१ हजार १ सय ७९ जना मानिसको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु भएका मध्ये अमेरिकामा मात्रै १ लाख ८ हजार २ सय ११ रहेको छ।

संक्रमितको संख्यामा अग्रता लिएको संयुक्त राज्य अमेरिकामा १८ लाख ७२ हजार ६ सय ६० जना रहेका छन्। दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१ संक्रमित संख्या पुगेको छ। ब्राजिलमा ३४ हजार २१ जनाको मृत्यु भइसकेको छ, कोरोनाका कारण।

रसियामा संक्रमितको संख्या ४ लाख ४० हजार ५ सय ३८ पुगेको छ। त्यहाँ ५ हजार ३ सय ७६ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको संख्या र संक्रमितको संख्याको आधारमा हेर्ने हो भने रसियाले आफूलाई बलियो अवस्थामा नै राखेको छ।

बेलायतमा संक्रमितको संख्या २ लाख ८३ हजार छ। त्यहाँ करिब ४० हजारले ज्यान गुमाएका छन्। स्पेनमा संक्रमितको संख्या २ लाख ४० हजार ६ सय ६० र इटालीमा २ लाख ३४ हजार १३ जना संक्रमित छन्। भारतमा संक्रमितको संख्या २ लाख २६ हजार ७ सय १३ पुगेको छ। भारतमा संक्रमितको रफ्तार यही क्रममा रहे २४ घन्टामा उसले इटालीलाई र ४८ घन्टामा स्पेनलाई उछिन्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell