PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फर्की आएँ आफ्नै देश : म्यानमारको सैनिक विमानबाट काठमाडौं आइपुगे नेपाली

फर्की आएँ आफ्नै देश : म्यानमारको सैनिक विमानबाट काठमाडौं आइपुगे नेपाली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : म्यानमारको सैनिक विमानबाट नेपालीहरु काठमाडौं उत्रिएका छन्। त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरुलाई त्यहाँबाट धुम्बाराही लगिएको छ।

होल्डिङ सेन्टरमा राखेपछि उनीहरुलाई क्वारेन्टाइनका लागि पठाइने छ। नेपालीलाई लिएर त्यहाँको सैन्य विमान आज बिहान ७ बजे उडेको थियो। विमानबाट २६ जना नेपाली आएका हुन्।

यो विमानले नेपालमा रहेका म्यानमारका नागरिकलाई लिएर फर्किँदैछ। लकडाउनपछि चीनबाट ल्याइएका नेपालीहरुपछि औपचारिक रुपमा नेपाल फर्किँदै गरेको यो पहिलो समूह हो।



ट्रेन्डिङ पोस्ट

Ncell