PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिने



पहिलोपोस्ट

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिने

काठमाडौं : रुकुम पश्चिम घटना छानविनका लागि संसदीय समिति बन्ने भएको छ। शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समिति गठन गरिने जानकारी दिए।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु उठेर बोल्ने समय माग गरेका थिए। कांग्रेसकी सांसद पुष्पा भुसालले घटनाको छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएकी थिइन्। त्यसपछि सभामुख सापकोटाले संसदीय विशेष समिति गठन गर्ने जानकारी दिएका थिए।

घटनाको छानविनका लागि यसअघि गृह मन्त्रालयले ५ सदस्यीय छानविन समिति बनाएको छ।

गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ मा जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विकसहित १९ जनामाथि आक्रमण भएको थियो। घटना संलग्न ६ जनाको शव भेरी नदीमा भेटिएको थियो। उनीहरुको हत्या गरी फ्याकिएको दावी हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell