धनगढी : सुदूर पश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।
आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १७ र ३८ वर्षीय पुरुष, वडा नम्बर २ का १९, २४ र ५७ वर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ का १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यससँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ।