PahiloPost

Jul 11, 2020 | २७ असार २०७७

अमेरिकी प्रहरीको दुर्व्यवहारको अर्को फुटेज सार्वजनिक जसले सबैलाई अत्यायो



पहिलोपोस्ट

अमेरिकी प्रहरीको दुर्व्यवहारको अर्को फुटेज सार्वजनिक जसले सबैलाई अत्यायो

अमेरिकामा प्रहरी दुर्व्यवहारको अर्को भिडियो फुटेज पनि सार्वजनिक भएको छ। ७५ वर्षीय वृद्धलाई प्रहरीले धकेलेर लडाएको दर्दनाक दृष्य डब्लुबीएफओ रेडियोका पत्रकारले खिचेका छन्।

न्युयोर्कमा सेतै कपाल भएका वृद्धलाई आन्दोलनकारीविरुद्ध मार्चपास गरिरहेका प्रहरीले घचेडेर लडाएको फुटेजमा देखिन्छ। अशक्त भएर लडेका उनको टाउको भूइँमा नराम्ररी बजारिएको छ। साथै उनी लडिरँदा टाउकोबाट रगत बगिरहेको दृष्यले मानिसलाई अत्याउन सक्छ।

वृद्ध सडकमा लडिरहँदा उनलाई वास्ता नगरी प्रहरी अगाडि बढिरहेको देखिन्छ। बफेलोका प्रहरीले आन्दोलनकारी र प्रहरीको बीचमा वृद्ध परेक जनाउँदै उनी त्यही क्रममा घाइते भएको बताएका थिए। वृद्धलाई प्रहरीले ट्र्यापमा परेकोमात्र बताएको थियो। तर, घटनाको एक घन्टापछि नै वफेलोका मेयर ब्रायन ब्राउनले एक वक्तव्य जारी गर्दै भिडियोले गहिरोगरी दु:खी बनाएको जनाएका छन्। उनले प्रहरीको कदमको कडा आलोचना गरेका छन्।

घटनमा संलग्न रहेका दुई प्रहरीलाई निलम्बन गरिएको छ। उनीहरुमाथि अनुसन्धान पनि सुरु भएको छ। घाइते वृद्ध बफेलो अस्पतालमा उपचाररत छन्। उनको नाम खुलाइएको छैन भने उनको अवस्था स्थिर रहेको जनाइएको छ।

 

 

 

 



Jagri Keerati Roshan Mamtha[ 2020-06-07 04:28:33 ]
Xixixi papiharu


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell