PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

औसतमा एक मिनेटमा एक जनाको ब्राजिलमा गइरहेछ कोरोनाका कारण ज्यान



पहिलोपोस्ट

औसतमा एक मिनेटमा एक जनाको ब्राजिलमा गइरहेछ कोरोनाका कारण ज्यान

ब्राजिलमा एकै दिन १४ सय ७३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। चौबीस घन्टामा यो सबैभन्दा बढी मृत्यु हो ब्राजिलका लागि। अमेरिका र बेलायतलाई मृत्यु हुनेको संख्यामा पछ्याउँदै गरेको ब्राजिलमा अहिलेसम्म ३४ हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्।

यो मृत्युको संख्याले सरदर एक मिनेटमा एक जनाको ज्यान गइरहेको देखाएको छ। ब्राजिल विश्वमा कोरोनाका कारण ज्यान गुमाउने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा छ भने संक्रमितको संख्यामा दोस्रो स्थानमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell