PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

फिजीले भन्यो : हामी कोरोना फ्री मुलुक, ४५ दिनयता छैन कुनै नयाँ केस



पहिलोपोस्ट

फिजीले भन्यो : हामी कोरोना फ्री मुलुक, ४५ दिनयता छैन कुनै नयाँ केस

फिजीले तत्कालका लागि कोरोनामुक्त मुलुक भएको घोषणा गरेको छ। कोभिड १९ संक्रमित १८ जना मानिसहरुको निको भएपछि उसले शुक्रवार कोरोनामुक्त भएको घोषणा गरेको हो।

प्रधानमन्त्री फ्रान्क बिनिमारोमालेले साउथ प्यासेफिक टापुमा रहेको मुलुकमा कोरोनाको एक्टिभ केस समाप्त भएको बताए।

ट्विटरमा उनले लेखेका छन्, 'दैनिक रुपमा हाम्रो परीक्षणको संख्याले उचाई लिएको छ, पछिल्लो पटक हामीले संक्रमित भेटेको पनि ४५ दिन भइसक्यो। कुनै मानवीय क्षतिविना हाम्रो रिकभरी रेट शत् प्रतिशत रहेको छ।'

फिजीमा ९ लाख जनसंख्या छ जहाँ केही भागमा अप्रिलमा लकडाउन गरिएको थियो। सीमाबाट आउजाउ पनि निषेध गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell