PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

भुवन केसीलाई रोक्दै दयाराम बने चलचित्र विकास बोर्डको अध्यक्ष



पहिलोपोस्ट

भुवन केसीलाई रोक्दै दयाराम बने चलचित्र विकास बोर्डको अध्यक्ष

सरकारले चलचित्र विकास बोर्ड नेपालको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ।

तत्कालिन अध्यक्ष केशव भट्टराईको ह्दयघातबाट निधन भएपछि ६ महिनादेखि रिक्त बोर्डको अध्यक्ष पदमा बिहीबारको मन्त्रिपरिषदले फिल्म निर्देशक दाहाललाई नियुक्त गरेको हो।

दाहाल अभिनेता भुवन केसीलाई रोक्दै अध्यक्ष बनेका हुन्। केसी पनि अध्यक्ष पदका प्रबल दावेदार थिए। प्रधानमन्त्री केपी शर्मा ओली निकट भएकाले केसी नै अध्यक्ष बन्ने धेरैको आंकलन थियो।

अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले आवेदन आह्वान गरेको थियो। १० जनाले आवेदन दिएका थिए। मन्त्रालयले दाहाल, केसी र राजेश थापाको नाम मन्त्रिपरिषदमा लगेको थियो। दाहाललाई मन्त्रिपरिषदले नियुक्त गर्‍यो।

दाहालले थुप्रै लोकप्रिय फिल्मको निर्देशन गरेका छन्। उनी नेपाली चलचित्र क्षेत्रका नाम चलेका निर्देशक पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell