PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

म्यानमारबाट फर्केका नेपालीहरुलाई वसुन्धारामा बनाइएको होल्डिङ सेन्टर पुर्‍याइयो

म्यानमारबाट फर्केका नेपालीहरुलाई वसुन्धारामा बनाइएको होल्डिङ सेन्टर पुर्‍याइयो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : म्यानमारको एयरफोर्स विमानबाट २६ जना नेपालीहरु आज काठमाडौं ओर्लिए। विभिन्न कारणले लकडाउन अघि म्यानमार पुगेका उनीहरु कोरोना भाइरसको संक्रमण फैलिएपछि उत्तै फसे।

नेपाल सरकार र म्यानमार सरकारको समन्वयमा उनीहरुलाई आज स्वदेश फर्काइएको हुो। त्रिभुवन विमानस्थलबाट उनीहरु सबैलाई बसुन्धारास्थित यति पार्टी प्यालेसमा बनाइएको ‘होल्डिङ सेन्टर’ मा लगिएको छ। नेपाली सेनाको गाडीमा उनीहरुलाई होल्डिङ सेन्टर पुर्‍याइएको हो।

सेन्टरमा स्वदेश फर्किएका सबैको स्वास्थ्य परीक्षण गरिएको छ। शुक्रवार उनीहरु सबैजना होल्डिङ सेन्टरमा नै बस्नेछन्। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell