PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

इरानसँग चुनावअघि ठूलो 'डिल' गर्न चाहन्छन् ट्रम्प



पहिलोपोस्ट

इरानसँग चुनावअघि ठूलो 'डिल' गर्न चाहन्छन् ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई निर्वाचन अघि ठूलो 'डिल'को प्रस्ताव राखेका छन्। तेहरानले अमेरिकी जल सेनाका भेट्रान मिखेल ह्वाइटलाई छाडेपछि ट्रम्पले नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन अगाडि डिल गर्नका लागि आग्रह गरेको न्युजविकले जनाएको छ। ह्वाइटलाई २०१८ देखि इरानले बन्धक बनाएको थियो।

ह्वाइट स्विट्जरल्यान्ड हुँदै अमेरिका उडेका छन्। इरानी वैज्ञानिक र डाक्टरलाई अमेरिकाले इरान फिर्ता जान दिएपछि ह्वाइट बन्धकमुक्त भएका हुन्। वासिङटन र तेहरानबीच भएको यो सम्झौता धेरैका लागि अपत्यारिलो घटना हो। यो अदलबदललाई ह्वाइट हाउसले भने नकारेको छ।

ह्वाइट अमेरिका फर्केलगत्तै ट्रम्पको चुनावी प्रचारले तिब्रता पाएको छ। ह्वाइटले भिडियो संदेश ट्विट गर्दे राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् जसमा उनले आफ्नो स्वतन्त्रतालाई जोगाएको भन्दै प्रशंसा गरेका छन्। प्रेमिकासँगै मसाद शहरमा डुल्दै गर्दै ४८ वर्षीय ह्वाइट इरानी अधिकारीहरुको नियन्त्रणमा पुगेका थिए। इरानको कारागारमा रहेका ६ जना अमेरिकीमध्ये एक उनी हुन्।

'मिखेललाई घरमा पाउनु महान कुरा हो। भर्खर आइपुगे। अत्यन्तै खुशी,' ट्रम्पले चर्को शैलीमा ट्विट गरेका छन्।

ट्रम्प सत्तामा आएसँगै इरानसँगको अमेरिकी सम्बन्ध चिसिएको थियो। सन् २०१८ मा ट्रम्पले इरानसँगको सम्बन्ध टुटाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell