PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

कागज खरिदमा अनियमितता गरेको आरोपमा गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा



पहिलोपोस्ट

कागज खरिदमा अनियमितता गरेको आरोपमा गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका बहालवाला महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, पूर्व महाप्रबन्धक सुशील कोइराला, तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र प्रिन्टलेस इमेजिङ प्रालिका सञ्चालक दीपक भंसालीविरुद्ध मुद्दा दायर गरेको हो। शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको छ। 

न्यूज प्रिन्ट खरिदमा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरिएको हो। 

अख्तियारले चारै जनासँग जनही २६ लाख १६ हजार १० रुपियाँ बिगो कायम गरेको छ। 

गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङबीच न्यूज प्रिन्ट खरिद सम्झौतामा भन्सार महसुल बापतको रकम प्रिन्टसेल कम्पनीकै हुने उल्खेख भए पनि तत्कालीन महाप्रबन्धक कोइरालासमेतले सम्झौताविपरीत भन्सार छुट गराई संस्थानलाई हानी पुग्नेगरी भुक्तानी समेत गरेको आरोप अख्तियारको छ। व्यक्ति र निजी कम्पनीलाई फाइदा हुनेगरी भन्सार छुट सिफारिस र भुक्तानी दिने/लिने कार्य गरेको अख्तियारको दाबी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell