काठमाडौं : कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकामा २६ र सुर्खेतमा गरिएको परीक्षणमा दुल्लुकै एक जनामा संक्रमण देखिएको छ। त्यस्तै महाबु गाउँपालिकामा ६४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना, सुर्खेतको पञ्चपुरी नगरपालिकाको एक जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको जाजरकोट र हुम्लामा पनि संक्रमण पुष्टि भएको छ। जाजरकोटको भेरी नगरपालिका र हुम्लाको चंखेली गाउँपालिकाको एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
जुम्लामै गरिएको परीक्षणका क्रममा दोलखा तामाकोशी गाउँपालिका, रामेछापको दोरम्बा गाउँपालिका र गोरखाको आरुघाट गाउँपालिकाका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो भने, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो। कर्णाली प्रदेशमा परीक्षण गरिएको संक्रमितको पुष्टि हुने संख्या ४ सय ८९ पुगेको छ।