PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

फोर्ब्सको सूचीमा पर्ने अक्षय बलिउडका एक्ला कलाकार, कति छ कमाई?



पहिलोपोस्ट

फोर्ब्सको सूचीमा पर्ने अक्षय बलिउडका एक्ला कलाकार, कति छ कमाई?

बलिउड अभिनेता अक्षय कुमार फोर्ब्स म्यागजिनले तयार पारेको संसारका सय जना सेलिब्रेटीको सूचीमा परेका छन्। बलिउडबाट सूचीमा पर्ने उनी एक्ला कलाकार हुन्।

फोर्ब्सले हरेक वर्ष विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने एक सय सेलेब्रिटीको सूची सार्वजनिक गर्छ। जसमा कलाकारको वर्षभरको कमाईका आधारमा उल्लेख गरिन्छ।

यस वर्ष काइली जेनर सूचीको पहिलो स्थानमा छिन्। उनले यो वर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छिन्। कान्ये वेस्ट दोस्रो नम्बरमा छन्।

भारतबाट एक्लो प्रतिनिधि अक्षय कुमारले फोर्ब्स २०२० को सूचीमा ५२ नम्बरमा छन्। उनको यस वर्षको आम्दानी ४८.५ मिलियन डलर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell