
काठमाडौं: नेपालमा थप २७८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो। अब संक्रमितहरुको संख्या दुई हजार ९१२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका २१ प्रयोगशालामा ४ हजार २३२ जनाको स्वाब परीक्षण गरिएको थियो।
विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सुनसरीका ८ जना, झापाका १ र मोरङका ६ जना रहेका छन्।
रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये रुपन्देही सैनामैना नगरपालिकाका १८ जना, नवलपरासी पश्चिमका २ जना, अर्घाखाँची र पाल्पाका १/१ जनामा संक्रमण पुष्टि भएको हो।
हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा सिन्धुलीका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाराका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ।
धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भोजपुरका ५, झापाका १, सुनसरीका १३ जना रहेका छन्।
त्यस्तै सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ४, अछामका १, बझाङका १ र डडेलधुराका ५ जनामा संक्रमण पुष्टि भएको छ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये रामेछापका १७ र काभ्रेका ५ जना रहेका छन्।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १० जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ९७ जनाको संक्रमण पुष्टि भएको छ। जसमध्ये ९० जना दैलेखका छन्। त्यस्तै जुम्लाका तीन जना, हुम्ला, रामेछाप, दोलखा र गोरखा घर भई जुम्लामा कार्यरत एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुर्खेत र दाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका १, धनुषाका ४ कपिलवस्तुका ४४ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंको निजी अस्तालमा उपचाररत गुल्मीका एक जना र वीर अस्पतालमा उपचाररत कास्कीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै महोत्तरीका १७ जना र रौतहटका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ।