PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

लकडाउनमा एसएसपी ढकालले ल्याए ‘फूलबुट्टे चोली’



पहिलोपोस्ट

लकडाउनमा एसएसपी ढकालले ल्याए ‘फूलबुट्टे चोली’

गज्जब क्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ बोल गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत सार्वजनिक भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको शब्द रहेको उक्त भिडियोमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन्।

यस म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका युवा कलाकारहरु सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको बेजोड अभिनय रहेको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन्।

गीतले कोरोना महामारीका बीच लकडाउनमा दर्शकलाई मनोरञ्जन दिने निर्माण टिमले जनाएको छ।   

हेर्नुस भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell