PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

१४ सय वर्ष पुरानो जात्रा रोकिँदा सुनसान बन्यो पनौती, जुधेन महादेव र भद्रकालीको रथ

१४ सय वर्ष पुरानो जात्रा रोकिँदा सुनसान बन्यो पनौती, जुधेन महादेव र भद्रकालीको रथ

अमित मचामसी/पहिलोपोस्ट


काभ्रे : कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लागू गरेको लकडाउनका कारण उपत्यका र आसपासका क्षेत्रमा मनाइने धेरै जात्रा पर्वहरु प्रभावित भए।

आज ‘ज्या पुन्ही’मा पनौतीमा मनाइने जात्रा पनि लकडाउनका कारण स्थगित भयो। यौन शिक्षा दिने यो जात्रा तीन दिन अघि सुरु भएर आजसम्पन्न हुनु थियो।

जात्रामा भद्रकाली र महादेवको रथलाई यौन समागमको प्रतिक स्वरुप जुधाउने परम्परा रहेको थियो। तर लकडाउनका कारण यसपटक रथ जात्रा गरिएन।

एक हजार ४ सय १७ वर्ष देखि चल्दै आएको जात्रा नहुँदा स्थानीयहरुले क्षमा पूजा गरेका छन्।

आज जात्रा सकेर भोलिबाट रोपाईको काम सुरु गर्ने परम्परा रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell