PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं : जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ।

चन्दननाथ नगरपालिका-८ निवासी अन्दाजी ६५ वर्षीय पुरुषको वडा नम्बर ४ को क्वारेन्टाइनमा निधन भएको हो। उनी जेठ २१ गते नेपालगञ्ज हुँदै भारतबाट आएका थिए। वडा नम्बर ५ का वडा अध्यक्ष गोल्डेन कठायतका अनुसार मृतकमा दमको समस्या थियो।

स्थानीयका अनुसार भारतबाट जुम्ला आइसकेपछि उनी बाटोमा हिँड्न सकिरहेका थिएनन्। उम्गाट भन्ने ठाउँमा उनी हिँड्न नसेकपछि उनलाई कसैले बोक्न मानेको थिएन। त्यसपछि उनकी बुहारीले बोकेर लगेकी थिइन्।

वडा अध्यक्ष कठायतले बाटोमा मदिरापान गरेको, दुई दिनदेखि खाना पनि नखाएकाले कमजोरी भएको र जाडो मौसम भएको तथा दमको रोगी भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।

ती पुरुष नेपालगञ्जबाट ९ जनाको समूहमा आएका थिए। उनीहरु शुरुमा वडा नम्बर ५ को क्वारेन्टाइनमा बसेका थिए। उनीहरुलाई २२ गते बिहान वडा नम्बर ४ को क्वारेन्टाइनमा सारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell