PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

यूएईबाट फर्किएका मध्ये १७ जना कैद माफी पाएका, विमानमा एक शव समेत ल्याइयो

यूएईबाट फर्किएका मध्ये १७ जना कैद माफी पाएका, विमानमा एक शव समेत ल्याइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तेस्रो मुलुकबाट नागरिक स्वदेश फर्काउने अभियान अन्तर्गत शुक्रबार साँझ यूएईबाट थप १६८ जना नेपाली स्वदेश फर्किएका छन्। साँझ ५:४० बजे एयर अरेबियाको विमान त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। यसरी विदेशबाट फर्किएकामध्ये १५५ जना पुरुष, १३ जना महिला र १ जना नावालक रहेका छन्।

फर्किएका मध्ये सबैभन्दा धेरै प्रदेश नम्बर १ का नागरिक छन्। ४६ जना प्रदेश १ का छन्। यसैगरी, २३ जना प्रदेश २ का छन्। ३७ जनालाई वाग्मती प्रदेशका छन्। गण्डकी प्रदेशका २३, प्रदेश ५ का २३, कर्णालीका ४ र सुदूरपश्चिमका १२ जना रहका छन्।

विमानमा एउटा शव समेत ल्याइएको नेपाली सेनाको स्रोतले जानकारी दिएको छ। स्वदेश फर्कने पहिलो चरणको सूचीमा अत्यावश्यक तथा रोजगारी गुमेका, भिसाको अवधि सकिएका र आम कैद माफी पाएका छन्। जसमा १७ जना कैद माफी पाएका छन्, त्यसमध्ये पाँच जना महिला पनि रहेका छन्।

शुक्रबार बिहान म्यानमारबाट २६ नेपाली फर्किएका थिए। सम्बन्धित देशमा रहेका दूतावाससँगको समन्वयमा सरकारले नागरिकलाई स्वदेश फर्काइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell