PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

सेती अस्पतालबाट निको नहुँदै डिस्चार्ज भएका कोरोना संक्रमितलाई पुनः राखियो आइसोलेसनमा



एम बम

सेती अस्पतालबाट निको नहुँदै डिस्चार्ज भएका कोरोना संक्रमितलाई पुनः राखियो आइसोलेसनमा

कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट निको नहुँदै डिस्चार्ज गरिएका कोरोना संक्रमितलाई पुनः आइसोलेसनमा राखिएको छ। सम्बन्धित जिल्लामा पुर्‍याउने सवारी नपाइएपछि उनीहरुलाई फेरि आइसोलेसनमै राखिएको अस्पतालका फिजिसियन डा निराजनदत्त शर्मा पौडेलले बताए।

‘बैतडी र अछामसम्म पुर्‍याउने सवारी नपाइएपछि उनीहरुलाई फेरि आइसोलेसनमै राखिएको हो,’ अस्पतालका फिजिसियन डा पौडेलले भने।

६ जना कोरोना संक्रमितलाई आजै डिस्चार्ज गरिएको थियो। अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको थियो।

कोरोना निको नभए पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो। अस्पतालका अनुसार ६ जनामध्ये केहीको रिपोर्ट भने नेगेटिभ देखाएको छ। यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो। तर, स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि दुई पटक नेगेटिभ रिपोर्ट नआउँदै उनीहरुलाई डिस्चार्ज गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell