PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लोडर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु



पहिलोपोस्ट

लोडर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु

काठमाडौं : ‘ब्याकहो-लोडर’ (जेसीबी) दुर्घटना हुँदा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ। चालक मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय पूर्ण ध्वज केसीको मृत्यु भएको हो।

बिहीवार चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ सेते पहरामा ना १ क ७२९३ नम्बरको ब्याकहो-लोडर दुर्घटना भई कच्ची सडकबाट करिब २५० मिटर तल खस्दा चालक केसी र सहचालक २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए। उनीहरुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारको लागि नेशनल ट्रमा सेन्टर पठाइएको थियो।

मकवानपुरको पालुङबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोटतर्फ आउँदै गरेको अवस्थामा प्रोगेसिभ कन्सट्रक्सन प्रालिको उक्त जेसीबी दुर्घटनामा परेको थियो। घाइते सहचालक दिसुवाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell