PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

तीन महिना क्वारेन्टाइन बसेपछि स्वदेश फर्किए हरिकिशोर, भक्तपुरको होल्डिङ सेन्टरमा उनीसहित २३ जना

तीन महिना क्वारेन्टाइन बसेपछि स्वदेश फर्किए हरिकिशोर, भक्तपुरको होल्डिङ सेन्टरमा उनीसहित २३ जना

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौंः धनुषाका हरिकिशोर चौधरी ८ महिनाअघि रोजगारीको सिलसिलामा दुबई पुगे। सपना धेरै थिए। पैसा कमाउने, भविष्यमा परिवारलाई खुशी बनाउने। तर,  नियतीलाई यो मञ्जुर भएन।

चार महिनाअघि चीनको वुहानबाट फैलिएको भाइरस जब खाडी क्षेत्र पुग्यो। त्यहाँ कार्यरत धेरै आप्रवासी कामदारले जागिर गुमाए। हरिकिशोरले पनि ३ महिना अघिदेखि काम गर्न पाएनन्। उनी पनि साथीसँगै क्वारेन्टाइनमै थुनिए। न बाहिर जान पाउनु  न त काम नै।

त्यहाँ त्यसरी बस्नुभन्दा आफ्नो देश फर्किनु बेस ठाने। तर आउने कसरी। लकडाउनका कारण सबै ठप्प थियो।

शुक्रबार भने हरिकिशोरको अनुहारमा केही खुशी देखियो। उनी तीन महिने क्वारेन्टाइनबाट मुक्त हुँदै स्वदेश फर्किए। तेस्रो मुलुकबाट नागरिक स्वदेश फर्काउने अभियान अन्तर्गत शुक्रबार साँझ युएईबाट १६८ जना नेपाली स्वदेश फर्किएका छन्। त्यही समूहमा आएका उनी हाल भक्तपुरको राधेराधेमा रहेको हेरिटेज ब्याङ्क्वेटमा बनाइएको ‘होल्डिङ सेन्टर’ मा छन्।

सेनाको गाडीमा सेन्टर पुगेका उनलाई सोधियो,’अहिले कस्तो महसुस भइरहेको छ।’

‘खुशी छु। छिट्टै घर पुग्छु।’ उनले भने

हरिकिशोरसँगै दुबइबाट आएका अरु साथीहरु पनि खुशी छन्। परदेशमा लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भएका उनीहरु स्वेदशमा आएर केही राहत महसुस गरिएका छन्।

प्रदेश २ का २३ जनालाई भक्तपुरकै इम्पेरियल र हेरिटेज ब्याङ्क्वेटको होल्डिङ सेन्टरमा राखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell