
काठमाडौंः नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको छ। योसँगै संविधान संशोधनका लागि दर्ता विधेयक संख्या पाँच पुगेका छन्। जसमा चारवटा गैरसरकारी हुन्।
नेमकिपाले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था र १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य शैन्य तालिमसहित संविधान संशोधनको पक्षमा विधेयक दर्ता गरेको हो।
सांसद प्रेम सुवालले शुक्रबार विधेयक दर्ता गरेका हुन्।
राष्ट्रिय जनावर गाईको स्थानमा एक सिंगे गैंडा राख्न पनि उसको प्रस्तावमा उल्खेख छ। दलित शब्दलाई परिवर्तन गर्दै त्यसको आर्थिक रुपले विपन्न वर्ग राख्न प्रस्ताव छ।
साथै गुठी संस्थान र नेपाल ट्रष्ट खारेज गर्दै त्यसको अधिकार प्रदेश र स्थानीय तहलाई दिन समेत संशोधनमा माग गरिएको छ।