PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

संसारका खराब मुलुकको सूचीमा भारत छैटौंमा उक्लियो, कोरोनाको कहरमा आज स्पेनलाई उछिन्दै



पहिलोपोस्ट

संसारका खराब मुलुकको सूचीमा भारत छैटौंमा उक्लियो, कोरोनाको कहरमा आज स्पेनलाई उछिन्दै

नयाँ दिल्ली : कोभिड १९ का कारण संसारका सबैभन्दा खराब मुलुकहरुको सूचीमा भारत छैटौं स्थानमा उक्लेको छ। भारतको यही रफ्तार कायम हुने हो भने सूचीमा पहिलो तीन स्थानभित्र पुग्न धेरै समय लाग्ने छैन।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म २ लाख ६४ हजार १ सय ८४ जना कोरोना संक्रमित पहिचान भएका छन्। हरेक दिन ९ हजारभन्दा माथि संक्रमित भेटिन थालेको भारतमा मध्य जुनबाट दैनिक १५ हजार संक्रमित थपिने चिनियाँ अनुसन्धानले देखाइसकेको छ।

इटालीलाई पछि पार्दै भारत खराब मुलुकको सूचीमा एक कदम माथि उक्लिएको हो। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो छ। शुक्रवार २ सय ९५ जना मानिस कोरोनाका कारण ज्यान गुमाउन वाध्य रहे। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

विश्वका सबैभन्दा खराब मुलुको सूचीमा अमेरिका रहेको छ। अमेरिकामा १८लाख ९४ हजार ७ सय ५३ संक्रमित छन्। दोस्रोमा रहेको ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१ जना संक्रमित छन्। तेस्रो स्थानमा रहेको रसियामा ४ लाख ४९ हजार २ सय ५६ संक्रमित छन्। बेलायत चौथो स्थानमा छ। त्यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार ७ सय ३४ छन्। त्यसैगरी पाचौंमा स्पेन रहेको छ। स्पेनमा २ लाख ४० हजार ९ सय ७८ संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell