PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

रङ्गभेदविरुद्ध आन्दोलित अमेरिका, सल्कियो विश्वका अरु मुलुकतिर  पनि

रङ्गभेदविरुद्ध आन्दोलित अमेरिका, सल्कियो विश्वका अरु मुलुकतिर पनि

पहिलोपोस्ट /पहिलोपोस्ट


अस्वेतमाथि भएको विभेदको आन्दोलन संयुक्त राज्य अमेरिकाबाट अब विश्वका धेरै मुलुकतिर फैलिएको छ। मेक्सिकोमा उत्रिएका प्रदर्शनकारी अमेरिकामा भन्दा कम देखिएका छैनन्। त्यहाँ उत्तिकै तोडफोड भएको छ। प्रदर्शन युरोपेली मुलुकहरुमा पनि सुरु भइसकेको छ।

दक्षिण कोरियामा रङका आधारमा हुने विभेद विरुद्ध मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। प्रहरीको कब्जामा जर्ज फ्लोयडको मृत्युको भिडियो सार्वजनिक भएसँगै विश्वभर रङ्गभेदविरुद्धको आन्दोलन सल्किएको हो। सुसुप्त अवस्थामा रहेको आन्दोलनलाई अमेरिकाका केही प्रहरीको दुर्व्यवहारले सतहमा ल्याएको हो।

अमेरिकी प्रहरीले सार्वजनिक रुपमा यस विषयलाई लिएर माफी मागिसकेको छ। अमेरिकी राष्ट्रपतिका अभिव्यक्तिले आन्दोलन भड्कन मलजल गरेको छ। अमेरिका लगायत विश्वका विभिन्न ठाउँमा भएको प्रदर्शनका एपी, एएफपी र सिन्ह्वाले जारी गरेका दृष्य :



ट्रेन्डिङ पोस्ट

Ncell