PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

स्याङ्जाका ८ जनासहित गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित



पहिलोपोस्ट

स्याङ्जाका ८ जनासहित गण्डकी प्रदेशमा थपिए १७ नयाँ संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

स्याङ्जाका १०, बाग्लुङका एक, कास्कीका ३ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो। स्याङ्जाको वालिङ नगरपालिकाका ८ जनामा संक्रमण देखिएको छ। उनीहरु १६ वर्ष उमेरदेखि ५४ वर्ष उमेर समूहका छन्। त्यसैगरी, हरिनास गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको छ। उनीहरु १८ र ४० वर्षका छन्।

वाग्लुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीयमा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै कास्कीको रुपा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको छ। उनीहरु २३ र ३२ वर्षका हुन्। पोखरा महानगरपालिकाका ५९ वर्षीयमा पनि कोरोना देखिएको हो।

भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकाका तीन जनामा संक्रमण देखियो। उनीहरु १८ देखि २७ वर्ष उमेरका छन्।

गण्डकी प्रदेशमा भेटिएका सबै संक्रमित पुरुषहरुमात्र हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell