PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चीन र भारतीय सेनाबीच लद्दाक नजिकै सीमाको विषयमा आज वार्ता हुँदै



पहिलोपोस्ट

चीन र भारतीय सेनाबीच लद्दाक नजिकै सीमाको विषयमा आज वार्ता हुँदै

नयाँ दिल्ली : सीमामा महिनादिनदेखि विवाद उल्झिरहेपछि भारत र चीनका सैन्य अधिकारीबीच आज छलफल हुँदैछ। सीमा क्षेत्रमा जारी तनावलाई वार्ताबाट सुल्झाउन भारत र चीनले छलफल अगाडि बढाएका हुन्।

शुक्रवार दुवै मुलुकका पराष्ट्र मन्त्रालयका अधिकारीहरुले शान्तपूर्ण संवादबाट समस्याको हल खोज्न सहमति जनाएका थिए। त्यसैका आधारमा आज दुई देशका सैनिक अधिकारीहरु छलफलमा जुट्ने भएका हुन्।

दुवै मुलुकका सैन्य अधिकारीहरु लद्दाकमा रहेको चिनियाँ भेगको छुसुल मोल्डोमा छलफल हुने तय भएको हो। भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहको कमाण्डमा छलफल टोली रहने छ। अघिल्ला वार्तामा सहभागी भएका १० जना अधिकृतहरु पनि सँगै रहने छन्।

चिनियाँ तर्फ भने मेजर जनरल लिन लिउले वार्ताको नेतृत्व गर्नेछन्। उनीसँग पनि १० जना अधिकृतहरु वार्तामा रहने छन्। बिहानी नास्ताबाट उनीहरुको छलफल सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell