PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

क्वारेन्टाइन कि मृत्यु केन्द्र ? फेरि एक वृद्धको मृत्यु



एम बम

क्वारेन्टाइन कि मृत्यु केन्द्र ? फेरि एक वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर।

धनगढी : सुदूर पश्चिमको बाजुरामा फेरि क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय बृद्धको मृत्यु भएको हो।

हिजो साँझदेखि खाना नखाएको र राति एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले बताए। गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो।

उनी विगत २५ वर्षदेखि भारतमा बस्दै आएका थिए। र, यही जेठ १५ गतेमात्र गाउँमा आएका वडा अध्यक्ष रावतले जानकारी दिए। मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell