
जर्मन बुन्डेसलिगाको टिम बोरुसिया डर्टमन्डका खेलाडी जडोन सान्चो सुरक्षा विधि नअपनाइ कपाल काटेको भन्दै कारवाहीमा परेका छन्। उनले यो कारवाहीलाई ‘पूर्ण मजाक’ भएको प्रतिकृया दिएका छन्।
सान्चोसँगै उनका टिममेट म्यानुअल एकान्जी पनि कारवाहीमा परेका छन्। लिगले ‘इन्फेक्सन प्रोटेक्सन स्टान्डर्ड’ र ‘जेनेरल हाइजिन’ सम्वन्धि नियमको उल्लङघन गरेको आरोप लगाएको छ।
कारवाही प्रति प्रतिकृया दिँदै सान्चोले यो ‘पूर्ण मजाक’ भएको भन्दै ट्वीट गरेका थिए। यद्यपि केही बेरमै उनले त्यो ट्वीट हटाए।
यता बोरुसिया डर्टमन्डले भने खेलाडीले कुनै नियमको उल्लंघन नगरेको भन्दै बचाउ गरेको छ।
जर्मनीमा हेयर सलुनहरु खोल्नका लागि सरकारले अनुमति दिएको छ यद्यपि ग्राहक र कपाल काट्ने दुवैले मास्क अनिवार्य लगाउनु पर्ने नियम छ।
जर्मनीको एक पत्रिकाले सान्चोले कपाल काटेको तस्बिर छापेसँगै लिगले सान्चोलाई कारवाही गरेको हो।