PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

जनक शिक्षामा यसरी तयार हुँदैछ पाठ्यपुस्तक

जनक शिक्षामा यसरी तयार हुँदैछ पाठ्यपुस्तक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गरिएको लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द छन्। संक्रमणको अवस्था बढ्दै गएको अवस्थामा सरकारले अहिले नै शैक्षिक संस्था नखोल्ने जनाइसकेको छ। शिक्षा मन्त्रालयले असार १ गते देखि वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई अध्ययन गराउन निर्देशिका जारी गरेको छ। जस अन्तर्गत भर्चयुल कक्षाका लागि आवश्यक सामाग्रीहरु अनलाइनमा नै उपलब्ध हुनेछ्न।

वैकल्पिक शिक्षा निर्देशिका अन्तर्गत विद्यालयहरुले विद्यार्थीको घरघरमा पाठ्यपुस्तक पुर्‍याउनु पर्ने उल्लेख गरिएको छ।

यता भक्तपुरस्थित जनक शिक्षा सामाग्री केन्द्रमा यो वर्षको कक्षा संचालनका लागि आवश्यक किताब प्रिन्ट गर्ने काम भइरहेको छ। हाल माध्यमिक तहको पाठ्यपुस्तक छपाइको काम भइरहेको छ। लकडाउनबीच पनि सुरक्षित तरिकाका साथै किताब छपाइको काम भइरहेको हो। 

लकडाउनका कारण पाठ्यपुस्तक छपाइमा ढिलो भएपनि सबैस्थानमा छिट्टै पाठ्यपुस्तक पुग्ने केन्द्रले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell