PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आयुश्मान खुराना चाहन्छन् हलिउड फिल्मको 'जोकर'को जस्तो रोल



पहिलोपोस्ट

आयुश्मान खुराना चाहन्छन् हलिउड फिल्मको 'जोकर'को जस्तो रोल

लकडाउनका कारण घरमा थुनिएर रहेका बलिउडका अभिनेता आयुश्मान खुरानाले आफ्नो 'जोकर' लुक्स सामाजिक सञ्जालमा राख्दै फोटो बनाउने आफ्ना समर्थकलाई धन्यवाद दिएका छन्।

जोकर हलिउडर 'साइको थ्रिलर' मुभी हो। ज्याक्विन फोनिक्सले 'नेगेटिभ' रोल निभाएको फिल्म चर्चित र विवादित दुवै बनेको थियो। हिंसालाई समर्थन गर्ने फिल्म भन्दै यसको आलोचना भएको थियो भने फोनक्सको अभिनय र कथालाई सबैले प्रशंसा गरेका थिए।

लकडाउनका समयमा ओस्कर अवार्ड जित्न सफल फिल्म जोकर हेरेर प्रभावित भएको बताएका थिए आयुश्मानले। त्यसपछि उनका एक फ्यानले उनको जोकर अवतार नै बनाएर पठाए। सँगै उनले जोकर फिल्ममा झै नेगेटिभ क्यारेक्टरमा फिल्म गर्न चाहेको पनि जनाएका छन्।

'के म योजना सहितको मानिस जस्तै देखिएको छु? ... म अराजकताको एजेन्ट हुँ!!, जोकरले भन्छ,' आयुश्मानले ट्विटमा लेखेका छन्।

उनले स्वप्निल पवारलाई फोटोका लागि धन्यवाद दिएका छन्।सोसल मिडियामा उनले आफ्नो तस्बिर राखेपछि उनका फ्यानहरुले बलिउडमा जोकर बन्ने हो भने उनैले त्यो रोल पाउनुपर्ने तर्क गर्नेहरु देखिए। कतिपयले शाहरुख खानपछिको अप्सनमा उनलाई सुहाउने पनि जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell