PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

वडा अध्यक्ष नै घुससहित समातिए



रासस

वडा अध्यक्ष नै घुससहित समातिए

बुटवलः पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ। 

रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले शनिवार बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट तीन लाख बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell