PahiloPost

Jul 21, 2026 | ५ साउन २०८३

किन पठाइयो सेतीमा उपचाररत कोरोना संक्रमितलाई काठमाडौं?



एम बम

किन पठाइयो सेतीमा उपचाररत कोरोना संक्रमितलाई काठमाडौं?

कैलाली : सेती प्रादेशिक अस्पतालले धनगढीका एक जना कोरोना संक्रमित विरामीलाई काठमाडौँ रेफर गरेको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरिएको हो।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डाक्टर निराजन दत्त शर्माले उनलाई शुक्रवार राति साढे १० बजे रेफर गरिएको बताए। मृगौला तथा उनिमोनियको समेत समस्या रहेकाले रेफर गर्नुपरेको शर्माले बताए।

सेती प्रादेशिक अस्पताल लेबल २ को अस्पताल रहेकाले उनलाई लेबल – ३ को आवश्यकता परेपछि काठमाडौं रेफर गरिएको सेती प्रादेशिक अस्पताका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनमा बुधवारमात्रै कोरोना पुष्टि भएको थियो भने उनी केही दिन अघि भारतबाट आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell