PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

अमेरिकाको आन्दोलनमा खरानी घस्ने जोगीदेखि सडकमै सुत्नेसम्मका घटना

अमेरिकाको आन्दोलनमा खरानी घस्ने जोगीदेखि सडकमै सुत्नेसम्मका घटना

पहिलोपोस्ट /पहिलोपोस्ट


अस्वेतमाथि भएको दमन विरुद्ध संयुक्त राज्य अमेरिका लगायत विश्वका धेरै मुलुकमा प्रदर्शन जारी छ। जर्ज फ्लोयडको मृत्युपछि अमेरिका तनावग्रस्त छ। त्यसको असर मेक्सिकोदेखि बेलायत, अस्ट्रेलिया र दक्षिण कोरियाससम्मै फैलिएको छ।

मेक्सिकोमा उत्रिएका प्रदर्शनकारी अमेरिकामा भन्दा कम देखिएका छैनन्। त्यहाँ उत्तिकै तोडफोड भएको छ। प्रदर्शन युरोपेली मुलुकहरुमा पनि सुरु भइसकेको छ।

दक्षिण कोरियामा रङका आधारमा हुने विभेद विरुद्ध मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। प्रहरीको कब्जामा जर्ज फ्लोयडको मृत्युको भिडियो सार्वजनिक भएसँगै विश्वभर रङ्गभेदविरुद्धको आन्दोलन सल्किएको हो। सुसुप्त अवस्थामा रहेको आन्दोलनलाई अमेरिकाका केही प्रहरीको दुर्व्यवहारले सतहमा ल्याएको हो।

अमेरिका लगायत विश्वका विभिन्न ठाउँमा भएको प्रदर्शनका एपी, एएफपी र सिन्ह्वाले जारी गरेका यी दृष्यहरुले आन्दोलनको मुड चित्रण गर्छन् :



ट्रेन्डिङ पोस्ट

Ncell