PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिममा एक सुत्केरीसहित १३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित सय नाघे



एम बम

सुदूरपश्चिममा एक सुत्केरीसहित १३ जनामा कोरोना पुष्टि,  प्रदेशमा संक्रमित सय नाघे

कैलाली : सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार बझाङका ६, कैलाली र काठमाडौँका दुई÷दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक÷एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५ पुगेको छ। कैलालीको गोदावरी नगरपालिका ४१ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ बर्षीय पुरुष, काठमाडौँका १८ र ३८ बर्षीय पुरुष, अछामको मंगलशैसन नगरपालिका वडा नम्वर १ की ५२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो।

यस्तै बझाङमा ६ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन्। उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट र एकजना काठमाडौंबाट बझाङ पुगेका थिए।

उता डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। अस्पतालका निमित्त मेसु डाक्टर जगदिस विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीय महिलालाई कोरोना भएको पुष्टि गरे।

जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट प्रसुती सेवा लिनका लागि डडेल्धुरा अस्पताल पुगेकी उनको २२ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो। २३ गते सुरक्षीत अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपोर्ट पोजेटिभ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell