PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो



एम बम

सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

कैलाली : सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा एक महिलाको मृत्यु भएको छ। गए राति अस्पतालको डायलासिस वार्डमा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृर्गौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिइन्। उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए।

मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएको थियो।

डायलासिस वार्डमै मृत्यु भएपछि डायलासिस वार्ड सिल गरिएको छ। मृतक महिला यसअघि नेपालगञ्ज र काठमाडौँमा डायलासिस गराउँदै आएकी थिइन्।

बिरंग हेल्थ केयरले सञ्चालन गर्दै आएको डायलासिस वार्डमा गए राति ती महिलाको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell