PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ५८७



पी बी खड्का

कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ५८७

सुर्खेत : कर्णाली प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा र सुर्खेतमा गरिएको परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

जसमा दैलेखको महावु गाउँपालिकाका पाँच र १८ महिनाको बालक सहित ४३ जना छन् भने डोल्पामा एक जनामा संक्रमण पुष्टि भएको हो। डोल्पाका संक्रमितको मृत्यु भइसकेको छ।

त्यस्तै, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका ३८ जनामा संक्रमण देखिएको छ। त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र गुर्भाकोट नगरपालिकाका एक/एक जना, भेरीगंगा नगरपालिका ४ जनामा संक्रमण देखिएको छ।

जाजरकोटमा बारेकोट इलाका प्रहरी कार्यालयका एक जनासहित चार जनामा संक्रमण देखिएको छ। यस्तै, सुर्खेतमा गरीएको परीक्षणमा दुल्लु नगरपालिकाका तीन जनामा संक्रमण देखिएको छ। नयाँ संक्रमित सहित कर्णालीमा कुल संक्रमितको संख्या पाँच सय ८७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell