PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

मर्मत हुँदै बोझिनी ड्याम, उपत्यकाकै पर्यटकीय हब बनाउने योजना

मर्मत हुँदै बोझिनी ड्याम, उपत्यकाकै पर्यटकीय हब बनाउने योजना

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको बोझिनी ड्याम मर्मतको काम भइरहेको छ। नगरपालिकाको पहलमा मर्मतको काम भइरहेको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

कलामसी नामले समेत प्रख्यात रहको ड्यामलाई उपत्यकाकै पर्यटकीय हब बनाउन मर्मतको काम सुरु गरिएको उनले बताए। ड्यामसँगै वरिपरि पार्क बनाउने योजना नगरपालिकाको रहेको छ।

यता केही स्थानीयले भने ड्याम निर्माण कार्य नीजि कम्पनीलाई दिएको र कंक्रिटको प्रयोग गरेको भन्दै  निर्माण कार्यप्रति आशंका व्यक्त गरेका छन्। उक्त ड्यामको पानी सिँचाइ र मुहान क्षेत्रका लागि प्रयोग भइरहेकोमा उक्त निर्माण कार्यले असर पर्न सक्ने भन्दै स्थानीयले सन्देह व्यक्त गरेका हुन्।

यता  प्रमुख मिश्र भने स्थानीयको विरोध हल्ला मात्रै भएको भन्दै भन्छन्, ‘स्थानीयको चाहना बमोजिम नै ड्याम निर्माणसँगै वरिपरि पार्क बनाउन लागिएको हो।’



ट्रेन्डिङ पोस्ट

Ncell