PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

कपिलवस्तु कारागारमा एक कैदीको मृत्यु, खाना खाएर सुतेपछि भएका थिए अचेत



रासस

कपिलवस्तु कारागारमा एक कैदीको मृत्यु, खाना खाएर सुतेपछि भएका थिए अचेत

चन्द्रौटा : कपिलवस्तु कारागारका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका–७ इटवाका ५३ वर्षीय रामअधिन कहारको शनिवार मृत्यु भएको कारागारले जनाएको छ।

बिहान १० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताए। गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell