PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

लिग लिडर बायर्नको लेभरकुसनमाथि जित, शीर्षस्थानमा १० अंकको अग्रता



पहिलोपोस्ट

लिग लिडर बायर्नको लेभरकुसनमाथि जित, शीर्षस्थानमा १० अंकको अग्रता

जर्मन लिग बुन्डेसलिगाको शनिवार भएको खेलमा लिग लिडर बार्यनले लेभरकुसनमाथि ४-२ को गोल अन्तरले जित निकालेको छ।

बेएरेना स्टेडियममा भएको खेलमा घरेलु टोली लेभरकुसनलाई हराउन बायर्नका लागि किंग्सले कोमन, लिओन जोरेट्जका, सर्ज जनब्री र रोबेर्ट लेवेन्डोस्कीले १/१ गोल गरे।

घरेलु टोली लेभरकुसनका लागि खेलको ९ औं मिनेटमै लुकास अलारियोले गोल गर्दै अग्रता दिलाएका थिए। तर, खेलको २७ औं मिनेटमा कोमनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ४२ औं मिनेटमा जोरेट्जकाले गोल गरेसँगै बायर्नले अग्रता बनायो। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा जनब्रीले गोल गर्दा पहिलो हाफमै बायर्नले ३-१ को अग्रता बनाएको थियो।

दोस्रो हाफमा लेवनडोस्कीले गोल थपे। उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए। यता लेवरकुसनका लागि खेलको ८९ मिनेटमा फ्लोरियन विर्ट्रजले गोल गरेर टिमलाई खेलमा फर्काउन चाहे पनि उनको गोल टिमलाई खेलमा फर्काउन पर्याप्त बनेन्।

जितसँगै बायर्नले लिगको शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ। शीर्षस्थानको बायर्नको ७० अंक छ भने दोस्रो स्थानको डर्टमन्डको ६० अंक छ। डर्टमन्डको खेल आज राति रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell