PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

आइतवारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने सरकारको तयारी



रासस

आइतवारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने सरकारको तयारी

काठमाडौं : सरकारले आइतवारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ।

लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनः सञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतवारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो। बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो।

पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग हुँदै आएको थियो। सोही मागअनुसार आइतवारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell