PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ



रासस

भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन : भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय युवाको नतिजा नेगेटिभ आएको हो।

माडीको क्वारेन्टाइनमा रहेको समयमा ज्वरो आएसँगै उनलाई शुक्रवार भरतपुर अस्पतालमा ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको शनिवार बिहान मृत्यु भएको हो।

मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब भरतपुर कोभिड-१९ प्रयोगशाला पठाइएको थियो। यही जेठ १३ गते भारतबाट उपचार गरी फर्किएका उनी नगरपालिकाको दीवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell