PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

थाइल्यान्डलाई पछि पार्दै खराब मुलुकको सूचीमा नेपाल एक कदम अगाडि



पहिलोपोस्ट

थाइल्यान्डलाई पछि पार्दै खराब मुलुकको सूचीमा नेपाल एक कदम अगाडि

काठमाडौं : मुलुकका जिल्लामा कोरोना संक्रमण पुगिसक्दा नेपाल कोरोनाका कारण अति खराब मुलुकहरुको सूचीमा क्रमश: माथितिर उक्लिरहेको छ।

नेपालले थाइल्यान्ड लगायतका मुलुकलाई पछाडि पारिसकेको छ, खराबको सूचीमा। कोभिड १९ संक्रमितको संख्याका आधारमा खराब मुलुकहरुको नेतृत्व अमेरिकाले गरिरहेको छ। दोस्रोमा ब्राजिल र तेस्रोमा रसियाले यसको नेतृत्व गरिरहेका छन्।

खराब मुलुकहरुको सूचीमा नेपाल ८० औं स्थानमा उक्लिएको छ। हिजो नेपाल ८५ औं स्थानमा थियो। ३ सय २३ नयाँ संक्रमित थपिएपछि नेपालले खराबको सूचीमा ४ वटा मुलुकलाई उछिनेको हो।

नेपालमा संक्रमितको संख्या ३२ सय पार भइसकेको छ। ७८ र ७९ औं नम्बरमा रहेका डिआरसी कंगो र आइभरी कोस्टसँग नेपाल हाराहारीमा छ। थाइल्यान्ड यो सूचीमा ८१ औं स्थानमा छ। त्यहाँ ३१ सय ४ संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell