PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

स्याङ्जामा १४ नयाँ संक्रमित थपिँदा गण्डकीमा पुगे ११३



पहिलोपोस्ट

स्याङ्जामा १४ नयाँ संक्रमित थपिँदा गण्डकीमा पुगे ११३

काठमाडौं : कोरोनाको कम संक्रमण रहेको गण्डकी प्रदेशमा आज बिहान थप ३८ जना नयाँ संक्रमित पुष्टि भएका छन्। स्याङ्जा, बाग्लुङ, गोरखा र नवल परासी बर्दघाट सुस्ता पूर्व गरी चार जिल्लामा थप संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। यससँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।

निर्देशनालयका अनुसार स्याङ्जामा १४ जना संक्रमित भेटिएका छन्। स्याङ्जाका वालिङ नगरपालिकाका १३ जनामा संक्रमण भेटिएको हो। उनीहरु १८ वर्षदेखि ५२ वर्ष समूहका रहेका छन्। संक्रमित सबै पुरुष हुन्। त्यसैगरी भिरकोट नगरपालिकाका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

बाग्लुङ जिल्लामा थप १० जनामा संक्रमण देखिएको छ। बडिगाड गाउँपालिकामा ९ जना संक्रमित भेटिएका हुन्। उनीहरुको उमेर २२ देखि ५२ सम्म रहेको छ भने एक जनाको उमेर खुलेको छैन। ढोरपाटन नगरपालिकाका २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी गोरखाको गण्डकी गाउँपालिकामा ९ जनामा संक्रमण देखिएको छ। उनीहरु २० वर्षदेखि ४३ वर्ष समूहका छन्। त्यसैगरी पालुङटार नगरपालिकमा १७ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

नवलपरासी बर्दलघाट सुस्ता पूर्व मा ४ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै हुप्सेकोट गाउँपालिकाका २० देखि ४५ वर्ष समूहका रहेका छन्। यी सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell