PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

संसारका खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा, कोरोना संक्रमित अमेरिकामा २० लाख नजिक



पहिलोपोस्ट

संसारका खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा, कोरोना संक्रमित अमेरिकामा २० लाख नजिक

इटालीलाई पछि पार्दै भारत कोरोना कारण संसारका सबैभन्दा खराब मुलुकको सूचीमा छैटौं स्थानमा पुगेको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ।

कोरोना संक्रमितको संख्याका आधारमा संससारका सबैभन्दा खराब मुलुकको सूचीमा भारतभन्दा अगाडि अब ५ मुलुकमात्र बाँकी छन्, बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिका।

ब्राजिल र भारतको संक्रमित वृद्धिदर अन्य मुलुकको भन्दा बढी छ। बेलायतमा २ लाख ८४ हजार ८ सय ६८ जना संक्रमित छन्। भारतले उछिनेको इटालीमा संक्रमित संख्या भारतको भन्दा १२ हजार कम अर्थात् २ लाख ३४ हजार ८ सय १ रहेको छ।

संक्रमितको संख्यामा अमेरिका २० लाखको मुखैमा छ। अहिलेसम्म अमेरिकामा १९ लाख ८८ हजार ५ सय ४४ जना संक्रमित छन्। दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६ लाख ७३ हजार ५ सय ८७ रहेको छ।

रसियामा ४ लाख ५८ हजार ६ सय ८९ संक्रमित छन्। त्यसपछि स्पेनमा २ लाख ८८ हजार ३ सय ९० संक्रमित रहेका छन्। मृत्यु भएका विरामीको संख्यालाई हेर्ने हो भने यो खराब मुलुकमध्ये रसियाको अवस्था राम्रो छ। त्यहाँ अहिलेसम्म ५ हजार ७ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। भारतमा यसबाट मर्नेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ। त्यसबाहेक अधिकांश मुलुकमा मृत्यु हुनेको संख्या अत्याधिक छ। अमेरिकामा १ लाख १२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन्। ब्राजिलमा मर्नेको संख्या ३५ हजार ९ सय ५७ पुगेको छ। स्पेनमा २७ हजार १ सय ३५ र बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell