PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

हेर्थामाथि डर्टमुन्डको संघर्षपूर्ण जित



पहिलोपोस्ट

हेर्थामाथि डर्टमुन्डको संघर्षपूर्ण जित

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टुमन्डले हेर्था बर्लिनमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ।

घरेलु टोली डर्टमुन्डले जित निकालेसँगै अंकतालिकामा शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँग अंकदुरी घटाएको छ।

गएराति भएको खेलमा डर्टमन्डलाई जिताउन इम्रे क्यानले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले दोस्रो हाफमा गोल गरेका थिए। खेलको ५८ ‍‍औं मिनेटमा गरेको गोल नै डर्टमन्डको जितका लागि निर्णायक बन्न पुग्यो।

जितसँगै डर्टमन्ड ६३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। गएराति नै भएको अर्को खेलमा लेवरकुसनलाई हराएसँगै शीर्षस्थानको वायर्नको ७० अंक पुगेको थियो। त्यस्तै तेस्रो स्थानमा रहेको लाइपजिगको ५९ अंक छ। लाइपजिगले गएराति भएको खेलमा पार्डाबोनसँग १-१ को बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell