PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सभामुखको सांसदहरुलाई रुलिङ, ‘अश्लील, अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरेर नबोल्नुस्’



पहिलोपोस्ट

सभामुखको सांसदहरुलाई रुलिङ, ‘अश्लील, अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरेर नबोल्नुस्’

काठमाडौँः सभामुख अग्निप्रसाद सापकोटाले सदनका कारबाहीमा भाग लिँदा शिष्टता साथ प्रस्तुत हुन सदस्यहरुलाई रुलिङ गरेका छन्। केही दिनयता व्यक्तिगत आपेक्षसहित एक–अर्काविरुद्ध बोल्ने क्रम बढेपछि सभामुखले दोस्रो पटक रुलिङ गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गंगा चौधरीको अभिव्यक्तिलाई लिएर पछिल्ला केही बैठकमा समाजवादी पार्टीका सांसदहरुले नामै लिएर अभिव्यक्ति दिइरहेपछि सभामुखले दोस्रो पटक रुलिङ गरेका हुन्। आइतबार पनि राजपा सांसद चन्दा चौधरीले उक्त विषय प्रवेश गराउन लाग्दा सभामुखले रोकेका छन्।

नियमावलीको नियम २१(ङ) को ध्यानाकर्षण गराउँदै सभामुखले यसअघिका अभिव्यक्तिको कार्य व्यवस्था परामर्श समितिबाट विवरण लिएर छलफल गर्ने बताए।

उनले भने, ‘सबै विवरण हेरेर कार्यव्यवस्था परामर्श समितिमा यथोचित छलफल हुनेछ। सबै माननीय सदस्यहरुले नियमावलीलाई ख्याल गरेर बोलिदिनुहोला।’

नियम २१ मा सदस्यहरुले बैठकका कारबाहीमा भाग लिँदा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ।

नियमावलीको नियम २१(ङ) मा भनिएको छ, ‘अशीष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति जाति, धर्म, भाषा, वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न नहुने’

तर, पटक-पटक सांसदहरु व्यक्तिगत आपेक्षमा उत्रिएपछि सभामुखले रुलिङ गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell